Logo

२०८३, आश्विन ११गते


images
images

यामाहा बलेटक्सारद्वारा दरखाने तथा तिजगित कार्यक्रम सम्पन्न

यामाहा बलेटक्सारद्वारा दरखाने तथा तिजगित कार्यक्रम सम्पन्न

images
  • यामाहा बलेटक्सारद्वारा दरखाने तथा तिजगित कार्यक्रम सम्पन्न
    images
    images

     

    images
    images
    images

    माधव ज्ञवाली ,गुल्मी । श्रेष्ठ मोटरसाईकल स्पेयर पार्टस तथा यमाहा सोरुम बलेटक्सार गुल्मीको आयोजनामा हरितालिका तिजको अबसरमा दरखाने तथा तिजगित कार्यक्रम सम्पन्न भएको छ ।श्रेष्ठ मोटरसाईकल स्पेयर पार्टस तथा यमाहा सोरुमका प्रोपाइटर निमर्ला श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

    images
    images
    images

    गएका बर्षहरुमा भब्य रुपमा दर खाने तथा तिजगित कार्यक्रम गर्दै आएकोमा यस् बर्ष भने त्यति ठूलो कार्यक्रम नराखेको र सामान्य तरिकाले मनाइएको श्रेष्ठले बताइन।

    images
    images
    images

    श्रेष्ठ मोटरसाईकल स्पेयर पार्टस तथा यमाहा सोरुमका प्रोपाइटर कमल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपस्थित दिदिबहिनीहरुले एक अर्का बिच शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा तिजगीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो। आयोजित कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गरे। उनले भने, “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो ।

    सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ ।" मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुर्याउन मद्दत पुर्याएकोे पनि उनले बताए । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उनले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गरे ।

    भन्छन् , “चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।” यता दशैं–तिहार पर्वको अवसरमा यामाहाले मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकहरुका लागि ‘रेस फर द एस अफर’ ल्याएको श्रेष्ठले बताए । यो अफर यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिदमा छट पर्वसम्म लागू हुने उनले बताए। योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने र लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्ने उनले बताए । उनका अनुसार बम्पर पुरस्कार त झन् खास रहेको छ ।

     

    बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा तीन गुणा बढी अर्थात् १२ तोला सुनको एक्का तास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।