Logo

२०८३, श्रावण ३०गते


images
images

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता

images
  • दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता
    images
    images

    सियोल । दक्षिण कोरियाली राष्ट्रपति योन सुक युयोलको विरुद्धमा महाअभियोगको प्रक्रिया सुरु भएको छ । देशमा सैन्य शासन लगाउन गरेको प्रयासका कारण उनी माथि महा अभियोग दर्ता हुन लागेको हो ।

    images
    images
    images

    राष्ट्रपतिले उत्तर कोरियाबाट खतरा भएको भन्दै सैनिक शासनको घोषणा गरेका थिए । तर, उनको त्यो प्रयास २ घण्टा पनि टिकेको थिएन ।

    images
    images
    images

    २ घण्टा पनि कम समयको अन्तरमा संसद्ले त्यसलाई गलत ठहर गर्दै उल्ट्याउन निर्देशन दिएको थियो । सन् १९८० मा आधुनिक प्रजातन्त्रको अभ्यास गरे यता दक्षिण कोरियाली राष्ट्रपतिमाथि महा अभियोग लगाइएको यो नै पहिलो पटक भने होइन ।

    images
    images
    images

    राजनीतिमा कमै चिनिएका उनी सन् २०२२ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पूर्व अभियोजक उनी संसद्बाटै महाअभियोग लगाइएका पूर्व दक्षिण कोरियाली राष्ट्रपति पार्क ज्युन हाईको विरुद्धको योलले सन् २०१६ मा अभियान नै छाडेका थिए।

    पार्कले भ्रष्टाचार गरेको अभियोगको नेतृत्वमा उनले नेतृत्व गरेका थिए । ६३ वर्षीय उनले राष्ट्रपति पदको चुनावी अभियानमा उत्तर कोरियाको विरुद्धमा आफू कठोर भएको प्रसङ्ग उठाएका थिए । साथै उनले लैङ्गिक समानताको विषय पनि उठाएका थिए ।

    दक्षिण कोरियाका ३०० विधायक मध्य २०० जनाले राष्ट्रपति माथि महाअभियोग लगाउन सक्ने छन् । अहिले दक्षिण कोरियाली प्रधानमन्त्री हाङ डोक सोल र अन्य अधिकारीहरू बैठकमा व्यस्त छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।