Logo

२०८३, आश्विन ११गते


images
images

वृद्धाश्रमका आमाहरुका लागि माईती बन्याे सरस्वती माता फाउण्डेसन

वृद्धाश्रमका आमाहरुका लागि माईती बन्याे सरस्वती माता फाउण्डेसन

images
  • सेतोमसी सहकर्मी
  • वृद्धाश्रमका आमाहरुका लागि माईती बन्याे सरस्वती माता फाउण्डेसन
    images
    images

     कृष्ण अन्जान, रुरु । जिवनका पछिल्ला दिनहरु वृदाश्रममा बिताउने बा आमा हरुका लागि पुराना दिनकाे सम्झेर बस्नुकाे विकल्प छैन ।

    images
    images
    images


    छाेरा छाेरीबाट टाढा रहनु पर्ने बाध्यता र अाफ्नाे बर्तमान छाेराछाेरीका भविष्यका लागि विताएर बुढेसकालमा वृद्धाश्रममा बिताउनु पर्दा मन सम्हाल्न त्यसै पनि गाह्रो छ ।

    images
    images
    images

     

    images
    images
    images

    तिनै बा अामाकाे दुखेकाे मनमा मलम लगाउन दरखाने दिनमा सरस्वती माता फाउण्डेसनका भाई बहिनीहरुले रुरुक्षेत्रकाे रिडीबजारमा रहेकाे मानव कल्याण वृदाअाश्रम का करिव दुई दर्जन बा अामा लाई दर खुवाएर वास्तवमै छाेरा छाेरी अाएकाे झल्काे दिएका छन ।


    सरस्वती फाउण्डेसनका अाठजना भाई बहिनी हरु रन्जित ज्ञवाली प्रवेश ज्ञवाली अनिस गहतराज निशा ज्ञवाली प्रियन्का राना दिपेन्द क्षेत्री शुशिला नेपाली मनिष सुनार वृद्धाश्रममा छाेराछाेरी बनेर पुग्दा बृद्धबृदाहरुका अाँखा बाट बलिन्द्र धारा अाँशु झरे ।


    त्यसै त बुढेसकाल छाेरा छाेरिले बृद्धश्रममा पुर्याएर फर्केर नअाएकाे अवस्थामा छाेराछाेरी बनेर सरस्वती माता फाउण्डेसनका भाई बहिनिहरुले खिर पुरी तरकारी अाफै पकाएर वृद्ध अामा हरुलाई खुवाउँदा मन सम्हाल्नै सकेनन अामाहरुले ।


    एक्लै जीवन बिताई रहेका बा अामाका लागि छाेराछाेरी बन्ने प्रयास गर्यौँ सरस्वती माता फाउण्डेशनका अध्यक्ष रन्जित ज्ञवालीले भन्नुभयाे ।
    जस्ले बा अामा बिर्सन्छ बा अामालाई हेला गर्छ ती असल छाेरा छाेरी हुनै सक्दैनन हाम्रो प्रयास तिनै परित्यक्त बा अामाका सच्चा छाेराछारी बन्न चाडपर्वलाई तिनै बा अामा सँग साट्न रमाईलाे गर्न यहाँ अाई पुगेका हौँ बृद्धअास्रम मा पुगेका सरस्वति माता फाउण्डेशनका प्रवेश ज्ञवालीले भन्नु भयाे ।


    दरखाने कार्यक्रमकाे अायाेजना गरेर वृद्धा अाश्रम मा बसेका बा अामा प्रति सदभाव र माया दर्साएकाे मा मानव कल्याण वृद्धाश्रम सन्चालक समितिका अध्यक्ष जीवन कसजुले सानै उमेरका भाई वहिनीहरुकाे याे ईच्छाशक्तिले मानवियता अझै जिउँदाे रहेकाे अाभाष भएकाे बताउनु भयाे ।

     

    रुरु १ का वडाध्यक्ष रामलाल विकले  सरस्वती माता फाउण्डेसनकाे याे मानविय कार्यले अाफुलाई प्रभाव परेकाे बताउनु हुँदै वृद्ध ाश्रमका लागि सक्दाे प्रयास गर्ने बताउनु भयाे । जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठले सरस्वती माता फाउण्डेशनका भाई बहिनीहरुकाे याे मानविय कार्य प्रशँसनिय भएकाे  बताउनु हुँदै  धन्यवाद दिनु भयाे ।

     

    सरस्वती माता फाउण्डेसनका अध्यक्ष रन्जित ज्ञवालीकाे अध्यक्षता भएकाे दर खुवाउने कार्यक्रमकाे सन्चालन सचिव अनिश गहतराजले गर्नु भएकाे थियाे ।

     

    दरखाने कार्यक्रममा उपस्थित अामा हरुले अाफ्नाे पालाका पुराना गित गाएर रमाईलाे गर्नु भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।