गुल्मी । हालै नेपालको पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापु फैलिरहेकाले सचेत हुन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ।
कार्यलयले एक सूचना जारी गर्दै सम्पूर्ण जिल्लावासीमा उक्त रोगबाट बच्न अनुरोध गरेको हो ।
नेपालको पहाडी भेगका विभिन्न स्थानहरुमा उक्त पुतलीको प्रकोपबाट आँखा सम्बन्धी गम्भिर
प्रकृतिका रोगहरु फैलिनुका साथै पूर्ण रुपमा आँखाको ज्योति समेत गुम्ने खतरा हुन सक्ने भएकोले यस्ता खालका पुतलीहरुबाट आफु, आफ्नो परिवार र समुदायलाई जोगाउन, आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology