Logo

२०८३, श्रावण ३०गते


images
images

रविकै सुरक्षाका निम्ति राति नै पोखरा लगिएको हो, न्याय निरूपण भीडले गर्ने होइन : गृहमन्त्री

रविकै सुरक्षाका निम्ति राति नै पोखरा लगिएको हो, न्याय निरूपण भीडले गर्ने होइन : गृहमन्त्री

images
  • रविकै सुरक्षाका निम्ति राति नै पोखरा लगिएको हो, न्याय निरूपण भीडले गर्ने होइन : गृहमन्त्री
    images
    images

    सुर्खेत । गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताएका छन् । गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति सरकार प्रतिबद्ध रहेको बताए । 

    images
    images
    images

    पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाका निम्ति राति अड्डासार गरिएको दाबी गरे । 

    images
    images
    images

    “हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भने, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाका निम्ति राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?”

    images
    images
    images

    लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए । 

    “अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?” गृहमन्त्री लेखकले प्रश्न गरे । रवि लामिछाने मात्रै नभएर सहकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उनले बताए । 

    मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिए । उनले भने, “न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?”

    पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशंका गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।