Logo

२०८३, श्रावण ३०गते


images
images

संसद अवरुद्ध प्रकरण

एमालेका पुरुष भन्दा महिला सांसद कडा ! 

एमालेका पुरुष भन्दा महिला सांसद कडा ! 

संसद अवरुद्धको अग्रमोर्चामा महिला सांसद, पुरुष सांसदको काम कांध थापिदिने मात्रै
images
  • एमालेका पुरुष भन्दा महिला सांसद कडा ! 
    images
    images

    काठमाडौँ । विगत केही दिनको संसद अवरुद्ध र संसदभित्र नेकपा एमाले सांसदको भुमिका हेर्दा एमालेमा पुरुष भन्दा महिला सांसद कडा देखिएका छन् । गतिविधि हेर्दा यस्तो लाग्छ, संसद अवरुद्धको मुल नेतृत्व एमालेका महिला सांसदले गरेका छन् र पुरुष सांसद सहयोगी मात्र छन् ।

    images
    images
    images


    लगातार हुँदै आएको संसदभित्रको नारावाजी र उपद्रोमा सांसद शान्ता चौधरी, रेखा झा लगायत मुख्य भुमिकामा देखिए । उनीहरूले सभामुखको रोष्टममा पुग्न अनेक प्रयत्न गर्दै गर्दा अन्य पुरुष सांसदले भने त्यति कडा रुपमा उत्रीएनन् । 

    images
    images
    images


    सांसद झाले त माईक उचालेर सभामुखको टाउको फोड्न खोजेकोमा आफू असफल भएको सार्वजनिक  अभिव्यक्ति नै दिईन्  । ‘आज टाउको नै फुटाउँथेँ, सभामुखलाई हान्न नै हो माइक तानेको" - उनले भनिन् । उनी त्यतिमा मात्रै रोकिईनन् अगाडि बढिन् र भनिन्  आज मिलेन, मौका मिल्यो फेरि भने हान्छौँ ।’ 

    images
    images
    images

    पुरुष सांसदको काँधमा चढेर महिला सांसद रोष्टम चढ्न खोज्दै गर्दाको दृश्यलाई सभ्यता र संसदीय अभ्यासको कोणबाट अर्कै ढंगले विश्लेषण गर्न सकिएला तर सामान्यत: दृश्य हेर्न लायक थियो । त्यतिधेरै  आक्रोश र साहस ती महिलालाई कहाँबाट आयो ? किन एमालेले पुरुष सांसदहरूलाई सहयोगी बनाएर महिलालाई अघि सार्यो ? उक्त कुरा आगामी दिनमा थप अध्ययन र विश्लेषण हुने नै छ  । 

    त्यसो त एमालेको दोस्रो पुस्ताका सांसदहरू खुलेर संसद अवरुद्धमा नलागेको आरोप एमाले अध्यक्ष ओलीले नै लगाएका छन । लामो समय माधवकुमार नेपाल लाईनमा रहेका  र अन्तिममा आएर ओली समुहमै रहेका सांसदहरू भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका करिव एक दर्जन सांसदहरूको गतिविधिप्रती एमाले कै नेताहरू सन्तुष्ट नरहेको एमालेकै नेताहरू बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।