Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे अध्यक्षमा बिष्णु ज्ञवाली चयन 

अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे अध्यक्षमा बिष्णु ज्ञवाली चयन 

images
  • सेतोमसी सहकर्मी
  • अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे अध्यक्षमा बिष्णु ज्ञवाली चयन 
    images
    images

    रिया बस्नेत, बुटवल । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे छैठाैं इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बिष्णु प्रसाद ज्ञवालीकाे अध्यक्षतामा ४१ नयाँ मूल ईकाई कमिटी गठन गरेको  छ । 

    images
    images
    images

    जसको उपाध्यक्षमा गोपाल भण्डारी, खिमराज गिरि, बिष्णु भुसाल, बिशाल पौडेल र सचिबमा रिया बस्नेत, सहसचिबमा निमा गिरि, दिपक खत्री ,सम्झना ढकाल र कोषाध्यक्षमा संगम खवास र सदस्यहरुमा रमेश बि.क ,चामणि बेल्वासे, रिता अर्याल, अस्मिता पन्थि, जीवन पाेख्रेल लगायत ४१ सदस्यहरु रहेका छन । 

    images
    images
    images

    उक्त कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का 
    केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयाेजक नारायण खनालले  समाजबादी शिक्षा आजकाे आबाश्यकता भन्दै बिध्यार्थी राजनितिमा पनि सामाजबादि शिक्षाकाे महत्वपुर्ण भुमिका रहेकाे बताए । 

    images
    images
    images

    त्यस्तै माओबादि केन्द्र केन्द्रीय प्रतिनिधि तथा रुपन्देहि ईन्चार्ज टंकमणि शर्माले पनि अहिले देशमा आईरहेकाे जटिल समस्या मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बिरुद्ध पनि बिध्यार्थीहरुले बिभिन्न क्षेत्रहरुबाट बिराेध प्रद्धर्शन गरिरहेका छन । यसमा पनि बिध्यार्थी हरुकाे निकै ठुलाे भुमिका रहेकाे दावी गर्दै अबकाे क्रान्ति बिध्यार्थीकाे हकहित र अधिकारमा मात्र निहित नरही समग्र देशलाई समृद्ध तिर लाैजाने मागर्दशककाे रुपमा काम गर्नुपर्ने बताए । 

    त्यस्तै माओबादी केन्द्रका रुपन्देही संयाेजक निर्मल जिसिले देश र समाज परिवर्तन र रुपान्तरणमा बिध्यार्थी हरुले जति सुकै ठुलाे याेगदान गरे पनि बिध्यार्थीले गरेका काम र याेगदानका बिषयहरुलाई जनमानसमा पुर्याउन सकेका छैनाै । त्यसकारण हामी ओझेलमा परेका छाै तर आगामी दिनहरुमा नयाँ चुनिएका पदाधिकारिहरुले बिध्यार्थीकाे शैक्षिक क्रान्ति बारे संगठित  भएर लाग्न प्रेरित गर्दै नयाँ कार्यसमिति लाई बधाई दिए ।


    अर्का वक्ता लुम्बिनी प्रदेश सह-संयोजक अनुप पोख्रेलले अरु संगठनले पैसाकाे आडमा गुडागर्दी शैलिमा क्याम्पसमा राजनिति गरेर क्याम्पस प्रशासन कब्जा गरिरहेको आरोप लगाए । क्याम्पस स्वंयमले व्यबस्थापनमा बिभिन्न कमिकमजाेरिहरु बेथितिहरु गरिरहेकाे छ यस्ता नकारात्मक हर्कतहरुकाे बिरुद्धमा बिध्यार्थी आन्दाेलन आबाश्यक रहेकाे बताँउदै शैक्षिक क्रान्तिमा बिध्यार्थीहरुकाे आन्दोलन जारि नै रहने उनको जिकिर थियो । 

    कार्यक्रममा विद्यार्थी फ्याक्सन ईन्चार्ज चेतन भण्डारी, पुष्पराज ढकाल  माओबादी केन्द्र नगर सचिब नारायण बन्जाडे लगायत बिद्यार्थी नेताहरुकाे उपस्थिती रहेकाे थियो । कार्यक्रम टेकराज रेग्मीकाे अध्यक्षतामा र बिष्णु प्रसाद ज्ञवालीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।