Logo

२०८३, श्रावण ३०गते


images
images

'सरकारी स्वामित्वका संचार माध्यममा पुनर्संरचना आवश्यक छ' - अध्यक्ष पहाडी 

'सरकारी स्वामित्वका संचार माध्यममा पुनर्संरचना आवश्यक छ' - अध्यक्ष पहाडी 

images
  • 'सरकारी स्वामित्वका संचार माध्यममा पुनर्संरचना आवश्यक छ' - अध्यक्ष पहाडी 
    images
    images

    बुटवल  । राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष एवम् संविधान सभा सदस्य विनोद पहाडीले सरकारी स्वामित्वका सञ्चारमाध्यममा पुनसंरचना आवश्यक रहेको बताएका छन । शनिबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश समिती, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही शाखा, रेडियो जागरण बुटवल र सृजनशिल सहयात्री समुह बुटवलको संयुक्त आयोजनामा भएको आमसञ्चारमा समावेशीकरण बिषयक अन्तरक्रिया तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका नवनियुक्ति प्रेस संयोजकलाई बधाई कार्यक्रमा बोल्दै पहाडीले सरकारी संञ्चार माध्यममा राज्यका सबै भुगोल र समुदायको प्रनिभित्व सुनिश्चित हुनुपर्ने बताएका हुन् । 

    images
    images
    images


    अध्यक्ष पहाडीले सञ्चारमाध्यममा दलित तथा सिमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्व हुन सकेका खण्डमा मात्रै दलित समुदायको अधिकार स्थापित गर्न मद्धत पुग्नेमा जोड दिए । माओवादी जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेललाई राज्यले उचित सम्मान गर्न नसकेको दुखेसो गरे । 

    images
    images
    images


    शहिदको बलिदानीको जगमा स्थापित व्यवस्थामा शासन गर्ने नेताहरुले गरीबको पिडा कहिल्यै उनको भनाई थियो  । 

    images
    images
    images

    त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस सल्लाहाकार मानसिंह बिश्वकर्माले सबैलाई समेटेर अघि वढ्ने बताए । सिमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति प्रदेशको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार हुनु आन्दोलनको उपलब्धि भएको बताउँदै उनले माओवादी जनयुद्धको बलमा स्थापित संविधान र गणतन्त्र संस्थागत गर्न लागि पर्नु पर्नेमा उनको जोड दिए । 


    फरक प्रशंगमा उनले लुम्बिनी प्रदेश सभामा पेश भएको सञ्चार विधेयक पुर्नलेखन हुने जानकारी दिए ।  


    सञ्चारमाध्यममा दलित समुदायको उपस्थीत हुने अवस्था कै कारण आफु मुख्यमन्त्रीको प्रेस सल्लाहकार भएको बताउँदै सल्लाहकार विश्वकर्माले मुद्धा समेटिन जसको सवाल उसैको नेतृत्व हुनु आवश्यक रहेको बताए । 


    त्यसैगरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशलाई कसरी सञ्चारमैत्री बनाउन सकिन्छ भन्ने बिषयमा पहल गर्न सुझाब दिए । उनले पत्रकारहरुको क्षमता बृद्धिमा प्रदेश सरकारले भुमिका खेल्नु पर्नेमा जोड दिए । 


    कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियार, प्रेस संगठन नेपाल लुम्बिनीका सह–संयोजक गुणाराम घिमिरे, अधिकारकर्मी हरी बम्रेल, प्रेस मञ्चका केन्द्रिय सचिव टोपराज शर्मा, क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) रुपन्देही अध्यक्ष कल्पना तिवारी, प्रेस संगठन नेपाल रुपन्देहीका सचिव बिष्णु पोख्रेल, क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेक मास्की राना, राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका समन्वय समिती अध्यक्ष शुशिल दर्नाल लगायतले बोल्दै दलित समुदायको पहुँच निर्माण गर्न समावेशी राज्यप्रणालीको कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए । 


    सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रेस सल्लाहाकार नियुक्त भएका मान सिं बिश्वकर्मालाई खादा र प्रमाणपत्रले सम्मान गरीएको थियो । 


    राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश समिती अध्यक्ष चिन्ता परियारको अध्यक्षता र सचिव सञ्जय सौगात बिश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा दलित पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष टक सुनारको स्वागत रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # विनोद पहाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।