Logo

२०८३, श्रावण ३०गते


images
images

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

images
  • रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    फाइल फोटो
    images
    images

    काठमाडौं ।  सहरकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। 

    images
    images
    images

    जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। त्यसलाई अदालतले सदर गरेको अदालका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

    images
    images
    images

    कास्की प्रहरीले साेमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियाेग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो। 

    images
    images
    images

    न्यायाधीश हिमलाल बेलबासेको इजलासमा छोटो बहसपछि सरकारी वकिलकाे माग अनुसार ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो। अब ४ दिनभित्रमा लामिछानेविरुद्ध अदालतमा अभियाेगपत्र दायर गर्नै पर्ने बाध्यता छ। सम्पत्ति शुद्धिकरणकाे कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न बढिमा ९० दिन अनुमति पाउँछ। 

    याे मुद्दामा छविलाल जाेशी पक्राउ परेकाे शुक्रबार ९० दिन पूरा हुँदैछ। 

    इजलासमा लामिछानेले आफूलाई बाहिरै छाडिदिएको भए के प्रमाण नष्ट गर्थेँ भन्दै न्यायाधीशसँग प्रश्न गरेका थिए। यसअघि पनि उनले आफूलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै आएका थिए। तर अदालतले प्रहरीकाे माग अनुसार म्याद थप गर्दै आएकाे थियाे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।