Logo

२०८३, आश्विन ९गते


images
images

विध्यार्थीलाई जागिर खाने तरिका सिकाउन शिक्षा विकास निर्देशक विध्यालयमा 

विध्यार्थीलाई जागिर खाने तरिका सिकाउन शिक्षा विकास निर्देशक विध्यालयमा 

images
  • विध्यार्थीलाई जागिर खाने तरिका सिकाउन शिक्षा विकास निर्देशक विध्यालयमा 
    images
    images

    कृष्ण अन्जान, रुरु  । रिडी माध्यमिक विध्यालयकाे सभाहल विध्यार्थीहरुले अाइतवार खचाखच भरिएकाे थियाे तर स्वास्थ मापदण्ड का सबै अवयवहरु प्रयाेग भएका थिए । 

    images
    images
    images

    विध्यालयकाे  सभाहलमा जम्मा भएका विध्यार्थीहरुलाई सामाजिक दुरी कायम गरि राखिएकाे थियाे । सभाहलमा भित्र पस्दा सबै विध्यार्थी हरुले मास्ककाे प्रयाेग गरेका थिए र गेटमा राखिएकाे सेनिटईजर हातमा लगाउँदै छुट्याइएक सिटहरुमा वसे ।

    images
    images
    images


    विध्यालयका गुरुहरुले विध्यार्थीलाई अनुशासित भएर बस्न अह्राए र विध्यार्थीहरुले पनि त्यहि गरे ।
    कक्षा ११ र १२ का करिव असि जना विध्यार्थीले भरिएकाे सभाहलमा अाज के हुँदैछ विध्यार्थी अनभिज्ञ थिए ।

    images
    images
    images


    केहिबेरमा नचिनेका मान्छे हलमा छिरे । सबै सँग परिचय गरे र विध्यालयका प्रधानाध्यापक राेहित भण्डारी  ती अपरिचित मान्छेकाे परिचय गराउनु भयाे र शुरु भयाे एउटा नया अध्यापनकाे अध्याय ।


    कार्यक्रममा शिक्षकहरु पनि विध्यार्थी सँग सँगै थिए । यत्तिकैमा ती मान्छेले सरकारी जागिरमा कसरी पस्ने भन्ने बारेमा अाफ्नाे प्रस्तुति गर्न थाले ।


    साँच्चै रिडी माध्यमिक विध्यालयकाे ईतिहासमै याे नौलाे सिकाई अभ्यास थियाे र याे सिकाईकाे सहजिकरण गर्दै हुनुहुन्थ्यो लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशक टिकाराम अर्याल ।


    पढेपछि जागिर खाने साेँच कसलाई हुँदैन र ?  अझै निजामती क्षेत्रकाे उच्च पदका व्यक्तित्व विध्यालयमा अाएर सरकारी जागिर खाने तरिका सिकाउँदा विध्यार्थी हरु उत्साहित भएर सुने र समय गएकाे पत्तै भएन ।


    निर्देशक अर्यालले निजामती सेवा र यसमा प्रवेश गर्दा गर्नु पर्ने तयारीका बारेमा राम्रै सँग सिकाउनु भएकाे प्रतिक्रिया विध्यार्थीहरुकाे छ ।


    हामीले याे नौलाे प्रयाेग गर्यौँ र त्यसमा पनि निजामती क्षेत्रकै उच्च व्यक्तित्वलाई पाउँदा हामी उत्साहित भयौँ र याे अवसरका लागि लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशक टिकाराम अर्याल सरलाई धेरै धन्यवाद दिन्छौँ विध्यालयका प्रधानाध्यापक राेहित भण्डारीले भन्नु भयाे ।


    कार्यक्रममा विध्यालयका १० जना शिक्षकहरुलाई ल्यापटप समेत वितरण गरिएकाे छ ।


    एकै दिन विध्यार्थीलाई निजामती सेवामा कसरी लाग्ने भनेर उत्प्रेरित गरिनु र शिक्षकहरुलाई ल्यापटप वितरण गरेर रिडी माध्यमिक विध्यालयले शिक्षक र विध्यार्थीलाई खुशि पारेकाे छ ।


    गुल्मीको प्रवेशद्दारमा रहेकाे यहि विध्यालय हाे जस्काे अत्याधुनिक भवन सम्पुर्ण भौतिक पुर्वाधार र विध्यालय ले विध्यार्थीका लागि स्कुल बसकाे समेत व्यवस्था गरेकाे छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # शिक्षा विकास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।