Logo

२०८३, आश्विन १७गते


images
images

सिक्लेसमा अमेरिकी राजदुतको अनौपचारिक भ्रमण

सिक्लेसमा अमेरिकी राजदुतको अनौपचारिक भ्रमण

images
  • सिक्लेसमा अमेरिकी राजदुतको अनौपचारिक भ्रमण
    images
    images

    पोखरा । मादी गाउँपालिका वडा नं १ सिक्लेसमा नेपालको लागि अमेरिकी राजदुत थम्पसनर टोलीले एकदिने अनौपचारिक भ्रमण गरेका छन् ।

    images
    images
    images

    पिस कोर नेपालमार्फत सिक्लेसको पर्यटन प्रवर्द्धन र होम स्टे संचालकहरूलाई अंग्रेजी भाषा प्रशिक्षणको लागि सिक्लेसमा विगत ५ महिना देखि रहेका क्याथलिन काशीसंगको भेटघाट एवम सिक्लेस घुम्नको लागि राजदुतसहित उनकी धर्मपत्नी जेन थम्पसनर, पिस कोर नेपालका प्रमुख ट्रॉय कोफ्रोथ, पिस कोर साईट इन्चार्ज राजु कंडेल सहितको टोली सिक्लेस पुगेका हुन् ।

    images
    images
    images

    टोलीलाई सिक्लेसमा स्वागत गरे लगत्तै वडा अध्यक्ष देवीजंग गुरुङ , सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होम स्टेका अध्यक्ष टाई माया गुरुङ लगायतको टोलीले गाउँ घुमाएको थियो ।

    images
    images
    images

    गाउँ घुमाउने क्रममा स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको दृश्य लगायतका क्रियाकलापहरु देखाउदा राजदुत लगायतका टोलीले निकै उत्सुकताका साथ हेरेका थिए ।

    राजदुत थम्पसनरले सिक्लेसमा पाएको स्वागत अतिथ्यता प्रति आभार प्रकट गर्दै सिक्लेस आउन सबैलाई अनुरोध गरे । स्वयंसेवक क्याथलिन काशीले गुरुङ ड्रेस लगाई पाहुनाहरूलाई गाउँ र गाउलेका विशेषता बारे गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।