Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा दोस्रो मिडिया फेस्टिवल हुँदै

देवदहमा दोस्रो मिडिया फेस्टिवल हुँदै

images
  • देवदहमा दोस्रो मिडिया फेस्टिवल हुँदै
    images
    images

    देवदह । देवदहमा मिडिया फेस्टिवल हुने भएको छ । देवदह प्रेस क्लबले शनिवार पत्रकार सम्मेलन गर्दै पुष ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिवल गर्न लागेको जनाएको हो । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले मिडिया फेस्टिवल गर्न लागिएको बताए । ‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र उहाँकी जीवनसंगिनी यशोधराजस्ता महान र विलक्षण प्रतिभावान नारीहरु जन्मिएको देवदह आफ्नै ऐतिहासिक विरासत र पुरातात्विक महत्व बोकेको क्षेत्र हो ।’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महसुस गरी गतवर्षबाट सुरु गरिएको देवदह मिडिया फेस्टिवलको दोस्रो संस्करण थप व्यवस्थित र परिस्कृत ढंगले गर्ने तयारी गरिरहेका छौं ।’

    images
    images
    images

    फेस्टिवलमा स्वतन्त्र प्रेस, व्यावसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसंगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरुसंग प्यानल डिस्कसन हुने जनाइएको छ । जसमा ५ वटा सेशनमा छलफल हुने आयोजकले जनाएको छ । 

    images
    images
    images

    गत साल मकै विशेष मिडिया फेस्टिवल आयोजना गरेको क्लबले यो वर्ष महोत्सवलाई सिमि विशेष बनाउने तयरी गरेको छ । फेस्टिवल संचालन गर्न पाँच लाख रुपैंया खर्च लाग्ने आयोजकको भनाइ छ । 

    वि सं। २०७८ सालमा स्थापना भएको क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिवल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवद्र्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाईरेक्टरी प्रकाशनसंगै विशेष परिस्थितिमा पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी आदि सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।