Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह प्रेस क्लबको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

देवदह प्रेस क्लबको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

images
  • देवदह प्रेस क्लबको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह प्रेस क्लबको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रम बीच नवनिर्वाचित कार्यसमिति र विषयगत समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले पदस्थापन गराएको हो । 

    images
    images
    images

    कार्यक्रममा क्लबको निर्वाचन समिति संयोजक भिम प्रसाद गुरुङ, निर्वाचन समिति सदस्यद्वय निर्मल ढुंगाना र सरस्वती बस्यालले नयाँ समितिलाई पद तथा गोपनीयताको सपथ गराए । 

    images
    images
    images

    मङ्सिर २२ गते सम्पन्न प्रेस क्लबको दोस्रो अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति तथा विषयगत समिति चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा तिलोचन दहाल र कमला अर्याल, महासचिवमा निर्मल थापा, सचिवमा मीन राना र ध्रुव लामिछाने तथा कोषाध्यक्षमा केशव पराजुली रहेका छन् । जसको सदस्यहरुमा नविन लुइँटेल, पार्वती न्यौपाने, सुरज भट्टराई र देवी पौडेल रहेको क्लबले जनाएको छ । 

    images
    images
    images

    अधिवेशनले पवन पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको थियो । जसको सदस्यमा शिव प्रसाद काफ्ले र झमन थापा रहेका छन् । त्यसैगरी राम बहादुर गुरुङको संयोजकत्वमा गठित अनुशासन समितिमा कमल प्रसाद न्यौपाने र लालबहादुर थापा सदस्य रहेका छन् । क्लबको नीति परामर्श समिति संयोजकमा झविन्द्र देवकोटा, क्षमता विकास समितिमा टंक सुनार र अतिरिक्त क्रियाकलाप समितिमा निश्चल अर्याल रहेका छन् । 

    पदस्थापना पछि बसेको प्रेस क्लबको दोस्रो अधिवेशनपछिको पहिलो बैठकले अधिवेशन भव्य रुपमा सम्पन्न भएको निर्णय गर्दै निर्वाचन समितिप्रति आभार व्यक्त गरेको महासचिव निर्मल थापाले बताए । 

    २०७८ साल चैत १ गते लुम्बिनी प्रदेश सरकारको तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्रालयमा दर्ता भएको देवदह प्रेस क्लबले यस क्षेत्रका पत्रकारलाई संगठित गर्दै आएको छ । क्लबले हरेक वर्ष देवदह मिडिया फेस्टिवलसहित पत्रकारको क्षमता वृद्धिका गतिविधि गर्दै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्रेस क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।