Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने सांसदबाट निलम्बित

रवि लामिछाने सांसदबाट निलम्बित

images
  • रवि लामिछाने सांसदबाट निलम्बित
    फाइल फोटो
    images
    images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।

    images
    images
    images

    सभामुख घिमिरेले सोमबार बेलुका लामिछाने निलम्बित भएको पत्र टाँस गरेका हुन्। प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था छ।

    images
    images
    images

    सहकारी तथा सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेबिरुद्ध आइतबार अभियोग दर्ता भएपछि उनको सांसद निलम्बन हुने पक्कापक्की नै थियो।

    images
    images
    images

    लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ पठाएको थियो ।

    यद्यपि रास्वपाका तीन सांसद्ले सोमबार सभामुख देवराज घिमिरेलाई भेटी रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह गरेका थिए।

    IMG-20241223-WA0185.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।