Logo

२०८३, श्रावण ३०गते


images
images

गाँजाको औद्योगिक सम्भावनाबारे लेकसिटी कलेजमा कचहरी

गाँजाको औद्योगिक सम्भावनाबारे लेकसिटी कलेजमा कचहरी

images
  • गाँजाको औद्योगिक सम्भावनाबारे लेकसिटी कलेजमा कचहरी
    images
    images

    राजेश पराजुली, पोखरा । गाँजाको औद्योगिक सम्भावनाबारे पोखरामा शनिबार कचहरी कार्यक्रम भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो ।

    images
    images
    images

    कार्यक्रममा इटालीको विश्वविद्यालयका अर्थशास्त्री प्राडा दीपकराज पन्तले गाँजाको औद्योगिक उपयोगबारे अनुसन्धान सार प्रस्तुत गर्दै नेपालमा यसको प्रशस्त सम्भावना रहेको बताए । उनले निर्माण सामग्री, औषधी, कपडा, प्याकेजिङका साथै खानाको परिकारका रुपमा गाँजाको प्रयोग सकिने अनुसन्धानहरुले देखाएको बताए । उनी भन्छन्, ‘विश्वमा गाँजाको प्रयोगबारे विभिन्न मोडल छन्, हामीले पनि एउटा मोडल अपनाऔं, ‘उत्पादन खुला गरौं, बिक्री सरकारलाई मात्र गर्ने व्यवस्था मिलाऔं ।’ उत्पादित गाँजा सरकारले लिइदिएर त्यसको प्रयोगको प्रबन्ध पनि उसैले मिलाइदिनुपर्ने उनको धारणा छ ।

    images
    images
    images

    गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले ऐनले व्यावसायिक खेती रोक नलगाएको स्पष्ट पार्दै प्रदेश सरकारले यसका बारेमा विधेयक मस्यौदा गरेको जानकारी दिए । गण्डकीका पूर्वमुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले संयुक्त राष्ट्रसंघको अभिसन्धि नेपालले अनुमोदन गरेकाले गाँजाको व्यावसायिकतबारे कानुन बनाउने अवस्था नरहेको बताए ।
                                                                                                                              जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्मा नेपालको कानुनले गाँजालाई लागुऔषध मानेकाले आफूहरुले त्यही अनुसार कारबाही गर्दै आएको बताए ।

    images
    images
    images

    डा. भोजराज न्यौपाने र डा. सुधीररमण पराजुलीले गाँजाका औषधीय गुणबारे प्रकाश पार्दै नियमन आवश्यक रहेको तर्क गरे । वन विज्ञान अध्ययन संस्थानकी नीरु थापाले नेपालमा गाँजाले अन्तर्राष्ट्रिय पहिचान बनाएको इतिहास उल्लेख गरिन् । अभियन्ता रोशनराज बरालले वैधानिकताका लागि महाअभियान चलाइएको बताए । लागुऔषध नियन्त्रण तथा समाज सुधार आमा समूह नेपालकी अध्यक्ष कल्पना आचार्य बास्तोलाले गाँजाको सम्भावनाका सकारात्मक पक्षका साथै बिग्रँदै गएका युवापुस्ताका असरबारे सोच्न आग्रह गरिन् ।

    कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, उपप्राध्यापक सुरेश ढकाल, गविवि फार्मेसी विभागका संयोजक प्रकाश पौडेल, इन्जिनियर माधव पहारी, प्राध्यापक रविराज बराल, विद्यार्थी प्रतीक पौडेल, लगायतले गाँजाको उपयोगिता र कानुनी प्रावधानमाथि धारणा राखे । केन्द्रका संस्थापक संयोजक डा. रामचन्द्र बरालले कचहरी र यसको महत्वका बारेमा जानकारी गराए ।

    समाज विज्ञान केन्द्रका संरक्षक प्राडा विश्वकल्याण पराजुलीले नियमित छलफलले समसामयिक विषयमा गहिरो निष्कर्ष दिन सक्ने बताए । क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले अनुसन्धान र प्रकाशनलाई प्राथमिकता दिने जानकारी दिए । कार्यक्रम संयोजक उपेन्द्र पौडेलका अनुसार छलफलका निष्कर्ष प्रकाशित गरिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • # लेकसिटी कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।