Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजासहित तीन जीप नियन्त्रणमा

सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजासहित तीन जीप नियन्त्रणमा

images
  • सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजासहित तीन जीप नियन्त्रणमा
    images
    images

    सप्तरी । सप्तरीमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित ओसारपसार भइरहेको ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको हो।

    images
    images
    images

    हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेका छन् ।

    images
    images
    images

    बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१-०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरिएको हो।

    images
    images
    images

    फरार चालकहरूको खोजी जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।