Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सुनसरी र मोरङबाट करिब ३०३ किलो गाँजासहित एक जना नियन्त्रणमा

सुनसरी र मोरङबाट करिब ३०३ किलो गाँजासहित एक जना नियन्त्रणमा

images
  • सुनसरी र मोरङबाट करिब ३०३ किलो गाँजासहित एक जना नियन्त्रणमा
    images
    images

    विराटनगर । सशस्त्र प्रहरी बलले सुनसरी र मोरङबाट करिब ३०३ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २८ वटा प्याकेटमा रहेको २८ के.जी. ६८० ग्राम गाँजा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाको वडा नं. ४ र ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । उक्त गाँजा लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै गाँजा छाडी फरार भएका थिए ।

    images
    images
    images

    त्यस्तै मोरङ्ग जिल्लाको जहदा गाउँपालिका–२ मधुमल्लास्थित परालको कुन्युमा लुकाई छिपाई राखेको ९ वटा पोकामा रहेको करीव २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षिय चन्दन साहलाई नियन्त्रणम लिईएको छ ।

    images
    images
    images

    उक्त स्थानमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई सो गाँजासहित नियन्त्रणमा लिएको हो ।

    नियन्त्रमा लिईएका उनलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।