बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी क्षेत्रमा सुविधायुक्त बर्थिङ सेन्टर बनाउने बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री केसीले तीन सय शैयाको सुविधायुक्त बर्थिङ सेन्टर बनाउँने बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर बनाउँने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजधानी निर्माण गरेको बताए । लुम्बिनी देशकै महत्वपूर्ण सम्पति भएको बताउँदै केसीले बुद्ध जन्मेदेखि मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गरिने समेत बताए ।
लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि एकीकृत गुरुयोजनामा निर्माण गरी अगाडि बढाईने बताउँदै केसीले पर्यटक आकर्षण गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पतिलाई संरक्षण गर्नुपर्ने बताए ।
यस्तै अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताउँदै विकास गर्नुपर्ने बताए ।
लुम्बिनी क्षेत्र कपिलबस्तु, देवदह, रामग्राम, नवलपरासीको ११५५ विघामा फैलिएको छ । लुम्बिनी विकास कोषबाट हालसम्म विभिन्न क्षेत्रमा करिव ५ अर्व ५० करोड रकम खर्च गरी सकेको लुम्बिनी विकास कोषले बताएको छ ।
साथै लुम्बिनी विकास कोषबाट करिव ५ हजार क्षमता भएको अन्तराष्ट्रिय सभा हल निर्माण गरीएको छ । लुम्बिनी क्षेत्रमा १५७ वटा सीसी क्यामराबाट सुरक्षा गरिएको छ । लुम्बिनी विकास कोषबाट पर्यटकलाई सहज रुपमा भ्रमण गराउनको लागि यातायात सञ्चालन गर्ने प्रस्ताव समेत गरेको छ ।
लुम्बिनी क्षेत्र भित्रको कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदामा राख्नका लागि अन्तिम तयारी भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology