गुल्मी । जिल्ला प्रशासन कार्यलय गुल्मीले एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारि रुद्रा देवि शर्मालाइ बिदाइ गरेको छ । २०७७ पुस ८ गते गुल्मी आएकी शर्मा जिल्लामा सुशासन कायम गर्न प्रयासरत थिईन ।
शर्माले आफू जिल्लामा रहदा शान्ती सुरक्षा एवं अपराध नियन्त्रण गरेको, सुरक्षा निकाय तथा मातहतका इकाइहरुको अनुगमन, कारागार निरीक्षक, लागू औषध नियन्त्रण, जनमैत्री जनमुखी कार्यालय स्थापना, रेडियो मार्फत सिडियो सङ्ग नागरिक सबाद कार्यक्रम गरिएको, सुचनाको हक कार्यान्वयन, परिचय पत्र व्यबस्थापन, बिपद व्यबस्थापन र कोभिड १९ सङक्रमण नियन्त्रण लगायतका कार्य र त्यसमार्फत सुशासनको झल्को दिने काम गरेकी थिईन ।
शर्मा जिल्लामा रहँदा स्थानीय तहसङ्ग समेत राम्रो समन्वय भएको थियो । उनी सरुवा भएर भक्तपुर गएकी छन् । उनको ठाउँमा पुण्य बिक्रम पाैड्यालले गुल्मी प्रशासनको जिम्मेवारी सम्हाल्नेछन ।
विदाई कार्यक्रममा जिल्लामा जिल्लामा कृयाशिल पत्रकार, राजनीतिक दलका प्रमुख, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology