Logo

२०८३, श्रावण ३०गते


images
images

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश

images
  • रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश
    images
    images

    गण्डकी । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।

    images
    images
    images

    बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ।

    images
    images
    images

    जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको खबरहबलाई बताए ।

    images
    images
    images

    ‘सरकारी वकिलको जवाफसँगै सबै बहस सकिएको छ’, उनले भने, ‘आजै साँझसम्म सबै प्रतिवादीबारे पुर्पक्षसम्बन्धी आदेश आउन सक्छ ।’

    यस प्रकरणमा सबैको ध्यान पूर्वगृहमन्त्री लामिछानेमाथि टिकेको छ । उनीनिकटहरूले लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा टिक्नै नसक्ने जिकिर गरिरहेका छन् ।

    न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस भएको थियो ।

    लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र अमृता गुरुङमाथि थुनछेक बहस सकिएको हो ।

    थुनछेक बहस सकिएकाले अब न्यायाधीश राईको इजलासबाट प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आउनेछ ।

    पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
    लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

    यस्तै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी र गितेन्द्रबाबु राईकी सहयोगी भनिएकी लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।