Logo

२०८३, श्रावण ३०गते


images
images

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

images
  • सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव
    images
    images

    महोत्तरी । जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन् ।

    images
    images
    images

    जनयुद्धको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाकी रहेको उनको भनाई छ ।

    images
    images
    images

    पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आइपुगेका महासचिव विप्लवले नेकपा एमाले, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

    images
    images
    images

    दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोल चक्करमा घुमेको बताउँदै एकले अर्कोलाई आरोप लगाउने बाहेक केही पनि नरहेको उनेको भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम नै भएको बताउँदै केन्द्रीय समितिको बैठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

    ‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’

    यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लवको जोड छ । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भइसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।