रमेश बहादुर सिह, बझाङ । संविधान दिवसका अवसरमा बझाङ कारागारबाट चार कैदबन्दी रिहा भएका छन् ।
विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा चार पुरुषको कैद मिनाह गरिएको छ।
कैद मिनाह हुनेमा मस्टा गाउँपालिका ४ का रामचन्द्र खड्का कर्तव्य ज्यान, चक्र जर्पल दुर्गाथलि गाउपालिका ५ कर्तव्य ज्यान, शिवराज भण्डारी केदारस्यु बहुविवाह, जयपृथ्वी नगरपालिका ३ का राजेन्द्र खड्का बहुविवाह, मुद्दाका हुन ।
बानी व्यवहार, चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था भयकाले उनिहरुको कैद मिनाहा भयको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology