Logo

२०८३, श्रावण ३०गते


images
images

निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका

निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका

images
  • निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका
    images
    images

    काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् ।

    images
    images
    images

    आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।

    images
    images
    images

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।

    images
    images
    images

    न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।