Logo

२०८३, श्रावण ३१गते


images
images

मेला, महोत्सवहरुले स्थानीय उत्पादन र कला संस्कृति जगर्ना गर्नुपर्छ : नगरप्रमुख खरेल

मेला, महोत्सवहरुले स्थानीय उत्पादन र कला संस्कृति जगर्ना गर्नुपर्छ : नगरप्रमुख खरेल

images
  • मेला, महोत्सवहरुले स्थानीय उत्पादन र कला संस्कृति जगर्ना गर्नुपर्छ : नगरप्रमुख खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले मेला महोत्सवहरु स्थानीय उत्पादन र कला संस्कृति जगर्ना गर्नेगरि व्यवस्थापन गरिनुपर्ने बताएका छन् । उनले स्थानीय उत्पादनलाई प्रार्थमिकता दिने र कला अनि संस्कृतिलाई महोत्सवले प्रार्थमिकता दिनुपर्ने बताए ।

    images
    images
    images

    नवौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मुल समारोह समितिले बुधवार मेला स्थलमा आयोजना गरेको सर्वपक्षिय भेलामा प्रमुख अतिथि खरेलले महोत्सव स्थललाई यसअघि नै देवदह मण्डप घोषणा गरिएको हुँदा यसको भौतिक संरचना निर्माणका लागि पहल गर्ने बताए ।

    images
    images
    images

    ‘देवदह मण्डपलाई देवदहकै गौरवको रुपमा विकास गर्नुपर्नेछ । त्यसका लागि स्थानीयवासी, व्यावसायिक संघसंस्थगा, वडा र नगरले संयुक्त रुपमा काम गरौं ।’ उनले भने, ‘त्यति भयो भने देवदहमा हुने हरेक कार्यक्रमहरुलाई देवदह मण्डपबाटै गर्न सकिन्छ ।’

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले मेला महोत्सवहरुको आर्थिक क्रियाकलाप पारदर्शि हुनुपर्ने उल्लेख गरिन् । ‘व्यावसायिक रुपमा आयोजना गरिने कार्यक्रमहरु नाफामुखि हुनुपर्छ भन्नेमा दुईमत छैन । तर व्यवसायिले नाफा कमाएपछि स्थानीय निकायलाई कर पनि तिर्नुपर्‍यो ।’ उनले भनिन्, ’हामी तपाईहरुलाई हरेक कुरामा सहयोग गर्न तयार छौं । तर तपाईहरु करको दायरामा आइदिनुपर्‍यो ।’
    उपप्रमुख गुरुङ्गले आयोजकलाई यसपटक टिकट विक्रीको ५ प्रतिशत मनोरञ्जन कर अनिवार्य तिर्न सुझाव समेत दिइन् । 

    सोही अवसरमा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य डा कृष्ण न्यौपानेले हरेक कार्यक्रमहरु सफल हुनका लागि नागरिक, राजनीतिक दल र जनप्रतिनिधिहरु विच समन्वय आवश्यक रहेको बताए । 

    कार्यक्रममा  नगर प्रवक्ता गणेश डुम्रे,  नेकपा एमालेका नगर अध्यक्ष केशवप्रसाद भट्टराई, वडा नम्बर ३ का अध्यक्ष यज्ञ अर्याल, वडा नम्बर १ का अध्यक्ष दिपक नेपाल, वडा नम्बर ४ का अध्यक्ष दमननाथ रेग्मी, वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रजापती सापकोटा, विकास गहतराज, रुका सापकोटा लगाएतले बोल्दै महोत्सव सञ्चालनको समय किटान गरेर जानुपर्ने सुझाव दिए । उनिहरुले महोत्सव स्थललाई मदिराजन्य पदार्थ निषेध गरिनुपर्ने उल्लेख गरे ।

    IMG-20250115-WA0004.jpg

    सहभागिहरुले उठाएका विषयवस्तुहरु गम्भिर र मननयोग्य रहेको भन्दै महोत्सव मुल समारोह समितिका संयोजक कोषबहादुर गुरुङ्गले महोत्सवलाई सवैले अपनत्व बहन गर्नेगरि आयोजकले काम गरिरहेको उल्लेख गरे । उनले महोत्सव तयारीका लागि हरेक दिन छलफल र अन्तरक्रियाहरु भईरहेको जानकारी दिँदै सुझावहरुलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गते सम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ । 

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको महोत्सवका सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।