Logo

२०८३, श्रावण ३१गते


images
images

देवदह मेलामा दर्शकको घुईचो, ५० हजारले गरे अवलोकन

देवदह मेलामा दर्शकको घुईचो, ५० हजारले गरे अवलोकन

images
  • देवदह मेलामा दर्शकको घुईचो, ५० हजारले गरे अवलोकन
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा संचालित भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको घुईचो लागेको छ । माघ १० गते देखि शुरु भएको महोत्सवको १० औ दिनसम्म करिव ५० हजार दर्शकले अवलोकन गरेको संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिए । 

    images
    images
    images

    "महोत्सवको १०औं दिनसम्म पनि दर्शकको घुईचो लागेको छ ।" संयोजक गुरुङ्गले भने,  "आयोजकलाई व्यवस्थापन गर्न धौधौ भएको छ ।" शनिबार सार्वजनिक विदा भएकोले पनि महोत्सव अवलोकन गर्ने दर्शकहरुको घुईचो लागेको र व्यवस्थापन गर्न मुस्किल भैरहेको उनको भनाई छ । 

    images
    images
    images

    मेलामा शुक्रबार ज्योति मगर र शनिबार राजु परियार लगायतका कलाकारले प्रस्तुति दिएका छन् । सार्वजनिक विदा भएको र कलाकार पनि सोहि अनुसार ल्याइएको हुनाले दर्शकको चाप बढेको बताइन्छ । 
      
    आयोजकले बेलुका ५ बजेपछि टिकटको शुल्कमा वृद्धि गरेको छ । महोत्सवमा दर्शकले मात्र सांस्कृतिक कार्यक्रम हेर्न नभएर मेलामा राखिएका औद्योगिक उत्पादन, कृषि तथा पर्यटकीय स्टल र गतिवधि पनि अवलोकन गरुन् भन्ने उद्देश्यले साँझको टिकट दर बढाइएको आयोजकको भनाइ छ ।
      
    देवदह व्यापार सघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्षको आकृति, फोटो प्रर्दशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिए । 

    images
    images
    images

    कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई छ । 

    महोत्सवमा दश करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।