Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

images
  • राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग
    images
    images

    देवदह । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे । 

    images
    images
    images

    देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने बताए । 
    ‘राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको हो ।’ मन्त्री गुरुङ्गले भने, ‘शुसासन कायम नगर्दासम्म देशको विकास हुन सक्दैन र कानुनी शासन कायम नहुदा समस्या बिकराल बन्दै जान्छ ।’  

    images
    images
    images

    261d0b81-170b-497d-97f5-0f62b068c2b9.jpg
    मन्त्रि गुरुङ्गले  मुलुक र नागरिककोे लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको बताए । ‘राजनीतिक स्थिरता सहित संविधान रक्षाको लागि नेपाली काग्रेस र नेकपा एमाले मिलेर बर्तमान सरकार बनेको हो ।  उनले भने, ‘नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको छ ।’  

    images
    images
    images

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले नागरिकका अफठ्याराहरु सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए ।


    देवदह व्यापार संघका अध्यक्ष कोेषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले बोल्दै मेला र महोत्सवहरु स्थानीय व्यापारलाई प्रवद्र्धन गर्नेगरि आयोजना हुनु्पर्ने धारणा राखे ।  
    कार्यत्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गुरुङ्गले महोेत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पु¥याउने बताए । उनले देवदहलाई औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । ६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान प्रस्तुत गर्दै उनले करिव १० करोड बरावरको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य रहेको जानकारी दिए ।

    यसअघि देवदह नगरपालिका–७, शितलनगरबाट दुई सय २६ संघसंस्था सम्मिलित झाँकी सहितको  ¥याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत तथा महासचिव हरिलाल भण्डारी र सचिव विष्णुप्रसाद अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।