Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने

नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने

images
  • नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने
    images
    images

    देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा रहने होटलका स्टललाई सहज रुपमा सफा खानेपानीको व्यवस्थापन गरिनेभएको छ । खानेपानीलाई अत्यन्त संवेदनशिल ठान्दै आयोजकले यसको व्यवस्थापनलाई उच्च प्रार्थमिकतामा राखेको जनाएको हो । 

    images
    images
    images

    ‘खानेपानी यसैपनि मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पक्ष हो । अझै भिडभाड भएको क्षेत्रमा यसको सुद्धतामा प्रश्न उठ्ने गर्छ ।’ महोत्सवको विद्युत तथा खानेपानी व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद पाण्डेले भने, ‘यसपटक देवदह खानेपानीसँग समन्वय गरेर चौविसै घण्टा मेला स्थलमा मेन लाईनबाट सिधै पानी जाने व्यवस्था मिलाइनेछ ।’ 

    images
    images
    images

    यसैगरि मेला स्थलमा अस्थाई थ्रि फेज मिटर र ट्रान्सफर्मर जडानको सम्पूर्ण तयारी पुरा भएको उपसमिति संयोजक पाण्डेले बताए । विद्युत तथा खानेपानी व्यवस्थापनका लागि बिहिवार बसेको उपसमिति बैठकमा तयारी बारे बताउँदै उनले विद्युत र खानेपानीको व्यवस्थापनलाई सहज बनाउन मेला अवधिभर २ जना प्राविधिक पूर्णकालिन रुपमा खटाईने जानकारी दिए ।  

    images
    images
    images

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० गतेदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ । 

    देवदह स्थित देवदह मण्डपमा सञ्चालन हुने महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।