देवदह । नवौं देवदह महोत्सवमा आयोजित मम्मी डान्सिङ्ग आईडल प्रतियोगितामा आशा अधिकारी विजेता भएकी छन् । शनिबार आयोजित प्रतियोगितामा नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै अधिकारी प्रथम भएकी हुन् ।
प्रतियोगितामा बुनु बुढामगर द्धितिय भनेकी छन् भने ओममाया भण्डारीले तृतिय स्थान हासिल गरेकी छन् ।
प्रतियोगितामा विजेताले नगद ७ हजार, द्धितिय हुनेले नगद ५ हजार र तृतिय हुनेले नगद ३ हजार प्राप्त गरेको प्रतिगोगिता संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिताको प्रायोजन सिटिजन लाइफ इन्सोरेन्स खैरेनी शाखाले गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology