Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं देवदह महोत्सवमा भलिवल प्रतियागिता,  वडा नं  ७ फाईनल प्रवेश

नवौं देवदह महोत्सवमा भलिवल प्रतियागिता,  वडा नं  ७ फाईनल प्रवेश

images
  • नवौं देवदह महोत्सवमा भलिवल प्रतियागिता,  वडा नं  ७ फाईनल प्रवेश
    images
    images

    देवदह । देवदहमा संचालित नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित अन्तर वडा पुरुष भलिवल प्रतियागितामा वडा नं  ७ फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाईनल खेलमा वडा नं  ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नं ७ फाईनलमा प्रवेश गरेको हो । 

    images
    images
    images

    खेलमा २५/२१ र २५/१४ को सोझो सेटमा हराउदै वडा नम्वर ७ फाईनलमा प्रवेश गरेको खेल संयोजक खेमराज चापागाईले जानकारी दिए ।

    images
    images
    images

    यसैगरी प्रतियोगितामा वडा नं ५ र वडा नं १० सेमीफाईनलमा प्रवेश गरेको छ । खेलमा वडा नं ५ ले वडा नं ११ लाई हराउदै सेमीफाईनलमा प्रवेश गरेको हो । खेलमा २५/१४ र २५/२२ को सोझो सेटमा जित्दै वडा नं ५ सेमीफाईनलमा प्रवेश गरेको आयोजनाक्ले जनाएको छ । 

    images
    images
    images

    वडा नं ९ लाई २/१ को सेटमा हराउदै वडा नम्वर १० सेमीफाईनलमा गर्यो । खेलमा २५/१७ र १५/१२ को दुई सेट जित्दै वडा नम्वर १० सेमीफाईनलमा प्रवेश गरेको हो ।  

    वडास्तरिय भलिवल प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार, तृतिय टिमले नगद १० हजारसहित ट्फी र मेडल प्राप्त गर्ने संयोजक चापागाईले बताए ।

    दोश्रो सेमीफाईनल र  तेश्रो स्थानको लागि र फाईनल खेल बिहिबार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।