देवदह । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को देवदह सिङगिङ्ग आईडलको उपाधी कृति पौडेलले जितेकी छन । माघ १० गतेदेखि शुरु भएको नवौ महोत्सवमा १२ जनालाई पछि पार्दै पौडेलले देवदह सिङगिङ्ग आईडलको उपाधी जित्न सफल भएकी हुन ।

सिङगिङ्ग आईडलको उपाधी जितेसंगै पौडेलले नगद ३० हजार, ट्रफी प्राप्त गरेकी छन ।
६० प्रतिशत निर्णायकको र ४० प्रतिशत भोटिङको आधारमा पौडेल देवदह सिङगिङ्ग आईडल बन्न सफल भएको सांस्कृतिक संयोजक पिताम्वर खरेलले जानकारी दिए ।
यसैगरी आकिश काम्मु द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त गरेका छन भने प्रिन्स कडेल तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेका छन ।
प्रतियोगितामा आदित्य परियार र नरेश सुनार सान्त्वना भएका छन ।
यसैगरी महोत्सवको डान्सिङ्ग आईडलको उपाधी गित आलेले जितेका छन ।
अडिसन राउण्डमा १७ रहेकोमा १६ जनालाई पछि पार्दै गित आलेले देवदह डान्सिङ्ग आईडलको उपाधी जित्न सफल भए ।

उपाधी जितेसंगै आलेले नगद ३० हजार र ट्रफी प्राप्त गरेको रमेश पोखरेलले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा जिया वानीया द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त गरेकी छन भने रोशनी पाण्डे तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेकी छन ।
देवदह डान्सिङ्ग आईडलमा समिक्षा नेपाली र एड्रिना क्षेत्री सान्त्वना भएका छन ।
देवदह डान्सिङ्ग र सिङगिङ्ग आईडलका विजेता, उपविजेतालाई नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology