देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा न्यू नमुना इंलिश बोर्डिङ स्कुल प्रथम भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा न्यु नमुना प्रथम भएको हो ।
देवदह क्षेत्रमा रहेका १५ वटा विद्यालय सहभागी लोक नृत्य प्रतियोगितामा देवदह बोर्डिङ स्कुल देवदह–७ द्वितीय र देवदह बुद्ध पब्लिक आवासीय माविले तृतीय स्थान हासिल गरेका छन ।
प्रतियोगितामा प्रथम हुन सफल भएकोे न्यू नमुना इङलिस बोर्डिङ स्कुलले नगद १५ हजार र प्रमाणपत्र, द्वितीय भएको देवदह इङलिस बोर्डिङ स्कुलले नगद १० हजार, प्रमाणपत्र, तृतीय हुन सफल भएको देवदह बुद्ध पब्लिक आवासीय माविले नगद ५ हजार, प्रमाणपत्र प्राप्त गरेको संयोजक रमेश पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकको भूमिकामा सन्दीप राना र सुन्दर गुरुङ रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology