Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव : सिङ्गगिङ्ग आईडलको चौथो राउण्ड सुरु

देवदह महोत्सव : सिङ्गगिङ्ग आईडलको चौथो राउण्ड सुरु

images
  • देवदह महोत्सव : सिङ्गगिङ्ग आईडलको चौथो राउण्ड सुरु
    images
    images

    देवदह । देवदहमा संचालित ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको सिङ्गगिङ्ग आईडलमा ९ जना छनोट भएका छन् । मंगलबारको प्रतियोगितामा १० जनाको प्रस्तुती रहेकोमा एक जना बाहिरीएको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिए । 

    images
    images
    images

    "चौथो राउण्डको लागि ९ जना छनोट भएका छन् ।" संयोजक खरेलले भने, "तेश्रो राउण्डबाट सदिक्षा सुनार बाहिरीएकी छन् ।"

    images
    images
    images

    महोत्सवको सातौँ दिनसम्म करिव ४० हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुहर गुरुङले जानकारी दिएका छन् ।  महोत्सवको एक लाखले दर्शकले अवलोकन गर्ने र करिव १० करोडको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा लिएको छ । 

    images
    images
    images

    महोत्समा लुम्बिनीको प्राचिन मायादेवी ग्रामसहितको मोडल, पाकडी वृक्षको आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले बताए ।

    कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङको भनाइ छ । 

     महोत्सव अन्तरगत माघ १७ गते रोईला गायक श्रीष देवकोटा, भोजपुरी गायक श्रीराम थारु, लोक गायक खेम थापा, गायिका सिता राना एवं हास्यकलाकार पुर्खे वा को प्रस्तुती रहने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।