Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा सञ्चालित पञ्चेवाजा प्रतियोगिताको उपाधि नव दुर्गालाई

देवदह महोत्सवमा सञ्चालित पञ्चेवाजा प्रतियोगिताको उपाधि नव दुर्गालाई

images
  • देवदह महोत्सवमा सञ्चालित पञ्चेवाजा प्रतियोगिताको उपाधि नव दुर्गालाई
    images
    images

    देवदह । देवदह महोत्सवमा सञ्चालित पञ्चेवाजा प्रतियोगिताको उपाधि नव दुर्गा मगर पञ्चेवाजा समुहले हात पारेको छ ।  लोक संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा चरेङ्गे नौमति पञ्चे वाजा समुह द्धितिय भएको छ । प्रतियोगितामा विजेता बनेको नवदुर्गा मगर पञ्चेवाजा समुहले नगद १५ हजार र उपविजेता बनेको चरेङ्गे नौमति पञ्चे वाजा समुहले नगद १० हजार प्राप्त गरेको साँस्कृति उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिए । 

    images
    images
    images

    यसैगरी सिङगिङ्ग आईडल अन्र्तगत आइतवार उत्कृष्ट ५ जना छनौट भएका छन् । प्रतियोगितामा नरेश सुनार, प्रिन्स कडेल, कृति पौडेल, अकिश कामुमगर र आदित्य परियार छनोट भएका हुन् । ६ जनाले प्रस्तुती दिएकोमा मनिषा विश्वकर्मा प्रतियोगिताबाट बाहिरिएकी छन् । डान्सिङ र सिङगिङ्ग आईडलको सोमवार फाइनल चरण सम्पन्न हुने साँस्कृतिक कार्यक्रमका सदस्य रमेश पोखरेलले  जानकारी दिए  ।

    images
    images
    images

    डान्सिङ र सिङगिङ्ग आईडलमा प्रथम हुनेले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार र तृतिय हुनेले नगद १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन ।

    images
    images
    images

    त्यसैगरी महोत्सवमा आइतवार गायिका शान्ता रानी परियार, ¥यापर जि बब, लोक दोहोरी गायक श्याम राना र रामप्रसाद पौडेलको प्रस्तुतीमा दर्शकहरु झुमे । साङ्गितिक कार्यक्रम अन्तर्गत सोमवर गायक खेम सेन्चुरी, नविन पौडेल, दामोदर बस्याल र शिला गुरुङ्गको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम सह संयोजक अञ्जु श्रेष्ठले जानकारी दिईन् ।

    यसैगरी महोत्सवमा दर्शकहरुको घुईचो दिन प्रति दिन बढ्दै गएको आयोजकले जनाएको छ । ‘प्रत्येक दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरिरहेका छन् ।’ अध्यक्ष गुरुङ्गले भने, ‘महोत्सवमा स्थानीय उत्पादनलाई विशेष छुट सहित प्राथमिकता दिइएको ।’ 

    देवदह व्यापार संघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकरी वृक्षको आकृति, फोटो प्रदशनी, डिजिटल बोर्ड मार्फत देवदहका ऐतिहासिक स्थलहरुको प्रदर्शनी, विज्ञान प्रदर्शनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षणहरु रहेका छन् ।

    महोत्सवले कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरूको प्रचारप्रसार गर्न महत्वपूर्ण भुमिका खेल्ने संयोजक गुरुङ्गले बताए । ६ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको महोत्सवबाट करिव दश करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।