Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा वाली उपचार शिविर

देवदह महोत्सवमा वाली उपचार शिविर

images
  • देवदह महोत्सवमा वाली उपचार शिविर
    images
    images

    देवदह । देवदहमा संचालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा एक दिने वाली उपचार शिविर सम्पन्न भएको छ । मेल स्थलमै आयोजना गरिएको वाली उपचार शिविरमा कृषकहरुले आफुहरुले उत्पादन गरेका विभिन्न जातका तरकारीका विरुवाहरु उपचारको लागि ल्याए । 

    images
    images
    images

    देवदह व्यापार संघको आयोजना, देवदह नगरपालिका कृषि शाखाको सहआयोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा वाली उपचार शिविर सम्पन्न भएको हो । वाली उपचार शिविरमा कृषकहरुले उत्पादन गरेको मकै, प्याज, बन्दा, ब्रोकाउली, काक्रा, आलु, टमाटर, कागती, घिरौला, लौका, लसुन, खुर्सानीको समस्या र समाधानको विषयमा कृषकहरुलाई जानकारी दिईएको थियो । वाली उपचार शिविरको वारेमा जानकारी दिदै कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत लवकुशप्रसाद कुर्मीले आलुमा डढुवा, कागतीमा क्याङकर, प्याजमा किरा, मकैमा फौजी किरा, जरा कुहिने, काक्रामा बेर्नाको जरा कुहिने, ब्रोकाउलीमा फल नलाग्ने समस्या, घिऊ सिमिमा किराको समस्या रहेको बताए । वालीमा समस्या भएका कृषकहरुलाई वाली उपचार कार्ड प्रदान गर्ने  उनको भनाई छ  । 

    images
    images
    images

    वाली उपचार शिविरमा आफ्ना उत्पादन लिएर आएका कृषकहरुले कार्यक्रम राम्रो रहेपनि अझै माटो शिविर संचालन गरेको भए कृषकले सुविधा पाउने  सरोकारवालाहरूको भनाई छ । उनीहरुले यस्ता शिविर मेला महोत्सवको अवसरमा मात्र नभई ६/६ महिनामा टोल-टोलमा गरे कृषकहरुले सेवा प्राप्त गर्ने बताए । 

    images
    images
    images

    शिविरले केही हदसम्म कृषकहरुको समस्या समाधान हुने कृषि शाखा प्रमुख सुस्मिता गौतमको भनाई छ । समस्या पहिचान गरी निदान गर्ने गरी शिविरको आयोजना गरेको शिविर फलदायी भएको उनले बताइन । 

    शिविरमा कृषकहरुलाई तरकारीमा प्रयोग गरिने विषादी निशुल्क प्रदान गर्नुको साथै प्रयोगको बारेमा समेत जानकारी दिईएको थियो । वाली उपचार शिविरमा देवदह क्षेत्रका ५२ जना कृषकहरुले आफुले उत्पादन गरेका विभिन्न जातका तरकारीहरु शिविरमा ल्याएका थिए । महोत्सवका कृषि संयोजक चक्रपानी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।