देवदह । रुपन्देहीको देवदहमा आयोजित अन्तर वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधी देवदह–५, ले हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा देवदह–७, लाई सोझो ३ सेटमा हराउदै देवदह–५, ले उपाधी हात पारेको हो । फाईनल खेलमा २५–२०, २५–१४, २५–२३ मा ३ सेट सहित उपाधि कब्जा गरेको देवदह–५, ले नगद ३० हजार रुपैंया प्राप्त गरेको छ ।
प्रतियोगितामा उपविजेता बनेको देवदह–७, ले नगद २० हजारमा चित्त बुझाएको छ । प्रतियोगिता अन्र्तगत सेमीफाईनल खेलमा देवदह–५, ले वडा नम्वर १० लाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा वडा नम्वर ७ ले वडा नम्वर ६ लाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगितामा वडा नम्वर ६ बि तृतिय भएको छ । तृतिय स्थानको लागि भएको खेलमा वडा नम्वर १० लाई हराउदै वडा नम्वर ६ बि तृतिय भएको हो । खेलमा पहिलो सेटमा २७–२५ मा वडा नम्वर १० ले एक सेट आफनो पक्षमा पारेको थियो । खेलमा वडा नम्वर ६ बि ले २५–२२, १५–११ दोश्रो र तेश्रो सेट जित्दै तृतिय स्थान हासिल गरेको हो । तृतिय हुदै वडा नम्वर ६ ले नगद १० हजार रुपैंया प्राप्त गरेको खेल संयोजक खेमराज चापागाईले जानकारी दिए ।
देवदह व्यापार संघको आयोजनामा सञ्चालित नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर मेला स्थलमा आयोजित अन्तर वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा कु्ल १३ टिमको सहभागिता रहेको थियो ।
यसैगरी महोत्सवको अवसरमा माघ १८ गतेदेखि अन्तर टोल विकास संस्थाहरु वीच डोरी तान प्रतियोगिता हुँदैछ । प्रतियोगिताका विजेताले नगद १५ हजार, द्धितियले नगद १० हजार र तृतियले नगद ५ हजार रुपैंया प्राप्त गर्ने संयोजक चापागाईले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology