Logo

२०८३, श्रावण ३०गते


images
images

१० करोडको कारोवार गर्दै सकियो नवौ देवदह महोत्सव

१० करोडको कारोवार गर्दै सकियो नवौ देवदह महोत्सव

images
  • १० करोडको कारोवार गर्दै सकियो नवौ देवदह महोत्सव
    images
    images

    देवदह । १० करोडको कारोवार गर्दै नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ सम्पन्न भएको छ । माघ १० गते देखि शुरु भएको महोत्सवको करिव ६ लाख दर्शकले अवलोकन गरेको मूलआयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्ले बताए ।

    images
    images
    images

    महोत्सवको कार्य सम्पन्न प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गुरुङ्ले देवदहलाई औद्योगिक, व्यापारिक तथा पर्यटकीय केन्दक्रो रुपमा विकास गर्ने लक्ष्य पुरा भएको बताए । "यस  क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, एवंम पर्यटकीय स्थलको विकास गर्न महोत्सवले टेवा पु¥याए छ । हामीले लिएको लक्ष्य पुरा गरेका छौं । संयोजक गुरुङले भने । 

    images
    images
    images

    महोत्सव अवधिभर विभिन्न प्रतियोगिताहरु, पर्यटन गोष्ठी, स्थानीय उत्पादन प्रवर्धन, डान्सिङ्ग, सिङगिङ्ग आईडल, विभिन्न जातीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । 

    images
    images
    images

    महोत्सवको समापन गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले लुम्बिनीको बृहत्तर विकाससंग देवदहलाई जोड्न आवश्यक रहेको बताए । देवदह बुद्धको मावली भएको भएपनि अहिलेसम्म पुरातत्व विभागले प्रमाणित गर्न नसकेको बताउदै उनले बुद्धकालिन ऐतिहासिकतासंग जोडिएको रोहिणी नदीको संरक्षण, सम्वद्र्धन गरी देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । पुर्वमन्त्री समेत रहेका विश्वकर्माले देवदह क्षेत्रमा रहेका पार्कहरुलाई व्यवस्थित बनाउन सकिए आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिए । 

    सोही अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह मण्डपको विकासको लागि स्थानीय तहको बजेटले नसक्ने हुदा प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले महोत्सव आयोजकले स्थानीय तहलाई मनोरञ्जन कर तिर्न आवश्यक रहेको बताइन् ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष झन्द्रिप्रसाद कडेल, नेपाली काग्रेसका नगर सभापति गुनाखर भुर्तेल, उद्योग व्यापार संघ देवदहका अध्यक्ष अमृतबहादुर फुल्लेल, प्याव्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ् लगायतले बोल्दै मेला महोत्सवको बेलामा मात्र नभइ अन्य बेलामा पनि पर्यटकीय गतिविधि संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

    सो अवसरमा १० औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजक उद्योग व्यापार संघ देवदहलाई दीप हस्तान्तरण गरिएको छ । यसैगरी समापनको अवसरमा मेला स्थलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको रक्तदानमा २५ जनाले रक्तदान गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।