Logo

२०८३, आश्विन ९गते


images
images

एमाले गुल्मीले तोक्यो १२ वटै स्थानीय तहका इन्चार्ज

एमाले गुल्मीले तोक्यो १२ वटै स्थानीय तहका इन्चार्ज

images
  • सेतोमसी सहकर्मी
  • एमाले गुल्मीले तोक्यो १२ वटै स्थानीय तहका इन्चार्ज
    images
    images

    गुल्मी । नेकपा एमाले गुल्मीले पार्टी विभाजनमा नलाग्न कार्यकर्ताहरूलाई अपिल गरेको छ । 

    images
    images
    images

        
    बैठकले आगामी कात्तिक ६ गते जिल्लाका ९३ वटा वडामा अधिबेशन गर्ने र कात्तिक ९ गते नगरपालिका र गाउँपालिकामा अधिबेशन गर्ने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए । 
        

    images
    images
    images

    त्यस्तै असोज २० गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने समय अबधी तोकेको छ । असोज १५, १६ र १७ गते काठमाडौंमा हुने बिधान महाधिबेशनमा जिल्लाबाट सहभागित जनाउने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव बिश्वकर्माले बताए ।
       

    images
    images
    images

    बैठकले जिल्लाका १२ वटा स्थानीय तहको इन्चार्ज समेत तोकेको छ । जसमध्ये  कालिगण्डकी गाउँपालिकामा टिकाराम ढकाल, सत्यवति गाउँपालिकामा अम्मर सिंजाली, चन्द्रकोट गाउँपालिकामा चेतन बस्नेत, रुरुक्षेत्र गाउँपालिकामा हिमाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ । 
         

    त्यस्तै छत्रकोट गाउँपालिकामा बिष्णु पौडेल, गुल्मीदरवार गाउँपालिकामा कृष्ण सुनार, रेसुङ्गा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा जीवन खरेल, धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मदाने गाउँपालिकामा केशव चन्द, इस्मा गाउँपालिकामा लक्ष्मण पराजुली र मालिका गाउँपालिकामा रितबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको पार्टी उपसचिव बिश्वकर्माले बताए । 


    बैठक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जिल्लाका नेता कमलराज श्रेष्ठ लगायत सचिवालयमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।