Logo

२०८३, श्रावण ३०गते


images
images

ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न १५ सय जनालाई दिए माफी

ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न १५ सय जनालाई दिए माफी

images
  • ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न १५ सय जनालाई दिए माफी
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन् । गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए ।

    images
    images
    images

    आदेशसँगै ट्रम्प समर्थकहरूका वकिलले क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेकाहरूलाई रिहा गरिने आशा व्यक्त गरेका छन् । ट्रम्प समर्थकहरूको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर मानिसहरूको रिहाइको लागि पर्खिरहेको छ ।

    images
    images
    images

    नव निर्वाचित राष्ट्रपति ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन् । शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।