काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा वायरन म्युनिख ३-० ले पराजित भएको छ। बुधबार राति भएको खेलमा फियुनार्डले म्युनिखलाई ३-० ले हराएको हो।
यो हारसँगै वायरन म्युनिखको सिधै युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको प्रवेश कठिन बनेको छ।
गएराति भएको खेलमा स्यान्टियागो गिमिनेजले पहिलो हाफमा नै उत्कृष्ट गोल गर्दै फियुनार्डलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयको नवौँ मिनेटमा गिमिनेजले अर्को गोल गरे। उनले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्।
फियुनार्डलाई खेल जिताउने क्रममा जस्टिन बिजलाउले उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो हाफमा हेरी केनको प्रहारलाई सानदार ढङ्गले बचाएका थिए भने दोस्रो हाफमा जमाल मुसियलाको प्रहार बचाए। आयसा युडेसाले फियुनार्डको तेस्रो गोल गरे।
वायरन १२ अङ्कसहित १५ औँ स्थान छ। अर्को साता स्लो भान ब्राटिस्लाभासँग वायरनले प्रतिस्पर्धा गर्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology