काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पनि पूरा भएन।
बिहीवारबाट थुनछेक बहस सुरु भएकामा पहिलो दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएको अदालतले जानकारी दिएको छ। यसअघि बुधबार जिल्ला अदालतमा लामिछानेको बयान लिइएको थियो।
उता चितवनमा पनि रवि लामिछानेबिरुद्ध आउँदो साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गरिने बुझिएको छ भने पर्सामा पनि उनीबिरुद्ध अनुसन्धान भइरहेको छ।
गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology