Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेको थुनछेक बहस जारी, आजै आदेश आउने

रवि लामिछानेको थुनछेक बहस जारी, आजै आदेश आउने

images
  • रवि लामिछानेको थुनछेक बहस जारी, आजै आदेश आउने
    फाईल फोटो
    images
    images

    काठमाडौं । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ 

    images
    images
    images

    सहकारी ठगी र सङ्गठित अपराधको अभियोग लागेका रास्वपाका सभापति रवि लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन् ।

    images
    images
    images

    रवि गत बुधवार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।

    images
    images
    images

    न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रवार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए ।

    शुक्रवार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधवारदेखि लामिछाने होटेलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।

    आइतबार प्रतिवादीका वकिल रमण श्रेष्ठ, राजेन्द्र सेढाईसहितका बाँकी वकिलले बहस गरेपछि जाहेरवालाका तर्फबाट र सरकारी वकिलहरूले जवाफी बहस गर्ने छन् ।

    बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने आदेश दिने दिनेछ ।

    लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पूरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।