Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा 'प्याब्सन खेल महोत्सव' हुँदै

देवदहमा 'प्याब्सन खेल महोत्सव' हुँदै

images
  • देवदहमा 'प्याब्सन खेल महोत्सव' हुँदै
    images
    images

    देवदह । देवदहमा 'प्याब्सन खेल महोत्सव' हुने भएको छ । सोमबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) देवदहले  माघ १७ देखि १९ गतेसम्म चौथों 'प्याब्सन खेल महोत्सव' गर्न लागेको जनाएको हो ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङले खेलाडी उत्पादनसंगै खेलकुदलाई पर्यटनसंग जोड्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन खेल महोत्सव गर्न लागिएको बताए । "हामीले विगत लामो समयदेखि प्याब्सन खेल महोत्सव गर्दै आएका छौं । खेलाडी उत्पादन गर्न लगानी चाहिन्छ र त्यो लगानी देवदहमा निजीस्तरबाट संचालित विद्यालयहरुले गरिरहेका छन् । जसको कारण अब्बल खेलाडी उत्पादन भएका छन् र देवदह मात्रै नभएर देशकै प्रतिष्ठाको लागि उनीहरु खेलिरहेका छन् ।" अध्यक्ष गुरुङले भने, "यो लगानीको राज्यका निकायहरुबाट सहि मुल्यांकन होस् भन्ने पनि हामी चाहन्छौं ।"

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका खेल संयोजक बोधराज गौडेलले "खेलकुद राष्ट्रको पहिचान, स्वस्थ्य र अनु‌शासन हाम्रो अभियान" भन्ने मूल नारासहित  खेल महोत्सवको आयोजना गरिएको बताए ।  संयोजक गौडेलले  भने, "खेल महोत्सवको सम्पूर्ण तयारीहरु पुरा भएको छ । हामीले पुरस्कार, प्रमाण पत्र, मञ्च व्यवस्थापन, साउण्ड सिस्टम, अफिसियल नियुक्ती, खेल शिक्षकहरुको बिचमा अन्तरक्रिया लगायत अन्य तयारीहरु पुरा गरिसकेका छौं ।" 

    images
    images
    images

    खेल महोत्सवमा तीन वटा समूहमा बाँडेर खेल खेलाइने भएको छ । सब जूनियर, जुनियर र सिनियर गरि कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका बिचमा प्रतिस्पर्धा आयोजकले जनाएको छ  ।  खेल संयोजक गौडेलका अनुसार - 'एथ्लेटिक्स तर्फ ३२ वटा ईभेन्टमा करिब ६ सय ५० विद्यार्थीले विभिन्न विधामा प्रतिस्पधा गर्नेछन् । छात्र तथा छात्रा भलिबलको प्रतिस्पर्धा हुनेछ । १०० मि., २०० मि., ४०० मि., ८०० मि र १५०० मि. छात्र/छात्रा विचमा व्यक्तिगत प्रतिस्पर्धा रहने छ भने रिलेतर्फ १०० X ४००, २०० X ४००, ४०० X ४०० छात्र/छात्रा दुवैको प्रतिस्पर्धा रहने छ ।' त्यसैगरी शटपुट र ज्याभलिन थ्रो मा पनि  छात्रछात्रा दुबैको प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ११ वटा विद्यालयका सात हजार विद्यार्थी सहभागी हुने र २६६ जना विद्यार्थी पुरस्कृत हुने प्याब्सन देवदहका सचिव कृष्णप्रसाद गैरेले बताए ।  सहभागी विद्यार्थीहरुको खेल अवधिभरको लागि दुर्घटना विमा गरिने उनको भनाइ छ । 

    कार्यक्रमको लागि करिब दश लाख खर्च हुने जनाइएको छ । जसको लागि विद्यार्थीसंग कुनै पनि शुल्क संकलन नगरिने र प्याब्सनमा आवद्ध विद्यालयले बुझाउने टिम दर्ता शुल्क र संगठनको कोषमा रहेको रकम परिचालन गरिने अध्यक्ष गुरुङले जानकारी दिए । देवदह नगरपालिकामा हुने खेल महोत्सवमा सहयोग गर्न नगरपालिकासँग अनुरोध गरिएको भएपनि कुनै सहयोग नगरेको प्याब्सनको गुनासो छ । 

    प्याब्सन देवदहले आयोजना गरेको पहिलो खेल महोत्सवमा एशियन लाइट इंलिश बोर्डिंङ विजेता भएको थियो भने दोस्रो र तेस्रो महोत्सवको विजेता भएको देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन खेल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।