Logo

२०८३, श्रावण ३०गते


images
images

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

images
  • सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

    images
    images
    images

    शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपतिले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

    images
    images
    images

    वीर शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै शहीदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

    images
    images
    images

    ‘सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

    शहीद दिवस देशका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६  गते यो दिवस मनाइँदै आइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।