Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको सूचीमा १३०० नेपाली, कुन देशका कति ?

अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको सूचीमा १३०० नेपाली, कुन देशका कति ?

images
  • अमेरिकाले निष्कासन गर्ने १४ लाख  आप्रवासीको सूचीमा १३०० नेपाली, कुन देशका कति ?
    images
    images

    काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियान अन्तर्गत १,३६५ नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्। अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, १,४४५,५४९ जना आप्रवासी निष्कासनमा पर्नेछन्, जसमा नेपाली पनि समावेश छन्।

    images
    images
    images

    यस अभियानमा, होन्डुरसका २,६१,६५१, ग्वाटेमाला का २,५३,४१३ र मेक्सिकोका २,५२,०४४ जना सबैभन्दा बढी निष्कासन हुनेहरू छन्। अन्य देशबाट पनि निष्कासन हुनेहरूको सूचीमा चीन (३७,९०८) र भारत (१७,९४०) पनि समावेश छन्।

    images
    images
    images

    अमेरिकामा ३ लाख भन्दा बढी नेपाली बासिन्दा रहेका छन्, जसमा २ लाखले ग्रीनकार्ड र झन्डै ८७ हजारले नागरिकता प्राप्त गरेका छन्। २० हजार जना विद्यार्थी र २० हजारले शरणार्थीको रूपमा आवेदन दिएका छन्। अमेरिकामा हाल १ करोड २० लाख अवैध आप्रवासी रहेका छन्, जसमा मेक्सिकोका लगभग ५० लाख, एल साल्भाडोरका ७,५०,००० र भारतका ७,२५,००० जना छन्।

    images
    images
    images

    डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी निष्कासनको अभियानलाई तीव्र पारेको छ, जसको हिस्साका रूपमा २,६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन्। दक्षिणी सीमा क्षेत्रमा सङ्कटकाल घोषणा गरेर १५०० सैनिक तैनाथ गरिएको छ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # आप्रवासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।