Logo

२०८३, आश्विन १०गते


images
images

स्वदेशका जङ्गलमा काठ कुहिने तर विदेशबाट प्लाई आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ : फर्निचर व्यावसायी

स्वदेशका जङ्गलमा काठ कुहिने तर विदेशबाट प्लाई आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ : फर्निचर व्यावसायी

images
  • स्वदेशका जङ्गलमा काठ कुहिने तर विदेशबाट प्लाई आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ : फर्निचर व्यावसायी
    images
    images

    बुटवल । जङ्गलमा काठ कुहिने तर विदेशबाट भुसको प्लाई आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने आवाज फर्निचर व्यावसायीहरुले उठाएका छन् । शनिबार बुटवलमा सम्पन्न नेपाल फर्निचर उद्योग तथा फर्निसिङ व्यावसायी महासंघ लुम्बिनी प्रदेश समन्वय समितिको दोस्रो वार्षिक साधारण सभामा व्यावसायीले स्वदेशी काठको प्रयोग गरी आयात घटाउनु पर्ने बताए ।

    images
    images
    images

    साधारणसभामा बोल्दै  महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले फर्निचर उद्योगीहरुले काठ खरिद गर्न नपाउने नीति भय पनि फर्निचर व्यावसायीहरुले टेण्डर राख्न पाउने ब्यवस्था चिर्न धेरै नितिगत लडाइँ लडनु परेको बताए । "वन नियम संशोधन गर्न धेरै कठिनाई भयो ।" उनले भने, "अब बढिभन्दा बढि सरकारलाई दबाब सृजना गर्नुपर्ने छ ।" 

    images
    images
    images

    विभिन्न संरचनामा पुगेर समस्या पहिचान गरि बुदागत रुपमा माग तयार गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले स्वदेशी काठजन्य उत्पादन प्रयोगलाई जोड दिएर कानुन निर्माण गरेको उदाहरण दिदै उनले अन्य प्रदेशहरुमा समेत यसलाई अनुसरण गर्न जरुरी रहेको उनले बताए ।

    images
    images
    images

    कार्यक्रममा पारिवारिक निजि वन महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका पुर्व अध्यक्ष बिष्णु कुमार श्रेष्ठले संस्थागत विकासको उदेश्यका साथ स्थापना हुने व्यवसायिक संस्थाहरु काम गर्न नसक्दा उद्योगी व्यवसायीहरु पिडित बन्नुपरेको बताए । नयाँ औद्योगीक क्षेत्र निर्माण हुन नसक्दा उद्योगीहरु पिडामा रहेको उनको भनाइ छ  ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बजारमा दक्ष जनशक्तिको अभावका कारण बिना दर्ता घुमन्ते बाहिरी मुलुकबाट आउने ठेकेदार  कामदारहरु साथै बिदेशबाट आयत हुने फर्निचर  नै उद्योगी व्यवसायीहरु को मुख्य चुनौतिका रुपमा रहेको बताए । उनले नेपालको वनमा रहेका काठ कुहिने र बिदेशबाट काठ आयात गरेर फर्निचर बनाउनु पर्ने अवस्था अन्त्य गर्न संघीय, प्रदेश र स्थानीय सरकारले नै नीतिगत सुधार गरि समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा अर्घाखाँची,  नवलपरासी,  पाल्पा र  कपिलवस्तु फर्निचर व्यवसायी संघका अध्यक्ष तथा  प्रतिनिधि फर्निचर उद्योगी ब्यवसायीहरुको सहभागीता रहेको थियो । 

    कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले प्रगती विवरण पेश गर्दै  उद्योगी  र व्यावसायीको पक्षमा गरेका कार्यहरु प्रस्तुत गरे । सरकारले  स्वदेशी काठको उपयोग बढाउने गरि नीति ल्याउन आवश्यक पहलकदमि अघि बढाएपनि सकेजस्तो उपलब्धि हासिल नभएको उनले बताए। प्रत्येक प्रदेशमा फर्निचर ग्राम निर्माणको पहल जरुरी रहेको उनको भनाई छ ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, महासंघका केन्द्रीय उपाध्यक्ष ओम बस्नेत, महासंघका संस्थापक उपाध्यक्ष सुर्य शर्मा सुवेदी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, वन पैदावर संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिह, महासंघका महासचिव तेज प्रसाद पराजुलीले अधिकाश ब्यवसायीहरुको समस्या एउटै प्रकारको भएको हुदा सरोकारवाला संस्था एकजुट भएर दबाबमुलक कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रमको सहआयोजक  जिल्ला  फर्निचर  उद्योग संघ रुपन्देहीले रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फर्निचर व्यावसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।