Logo

२०८३, आश्विन ११गते


images
images

मेहनतका कथा

सानो झुप्रोमा बन्ने मिठाे म:म र म:म पसलले बदलिदिएको जीन्दगीको कथा

सानो झुप्रोमा बन्ने मिठाे म:म र म:म पसलले बदलिदिएको जीन्दगीको कथा

images
  • सेतोमसी सहकर्मी
  • सानो झुप्रोमा बन्ने मिठाे म:म र म:म पसलले बदलिदिएको जीन्दगीको कथा
    images
    images

    कृष्ण अन्जान, गुल्मी । भन्छन्, नपत्याउने खाेलाले बगाउँछ । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ र ३ काे सँगम स्यालपाेखरी । एउटा सानाे बाँसले बारेकाे  टिनले छाप्राे । तर, त्यहि छाप्राेकाे चर्चा गर्छन् सबैजना ।

    images
    images
    images


    साविक थानपति गाउँ विकास समिति वडा नं. १ र हालकाे रुरुक्षेत्र गाउँ पालिका वडा नं. ३ ओंखलढुँगाबाट जिविकाकाे खाेजिमा स्यालपाेखरी आएकी हरिकला घर्तीकाे कहानी यहि छाप्राे बाट शुरु हुन्छ ।

    images
    images
    images


    स-साना छाेरा छाेरीकाे लालनपालन शिक्षा दीक्षा । साँच्चै सँघर्षका दिनहरु सम्झेर हरिकलाका आँशु झर्छन् । गाउँ छाडेर जीविकाको खाेजिमा स्यालपाेखरी आएपछि हरिकलाले भाडामा थाेरै जग्गा लिएर सानाे खाजा पसल शुरु गरेकाे पनि दश वर्ष पूरा भएको छ ।

    images
    images
    images


    अर्कैकाे जग्गा कमाउने र त्याे जग्गामा बाख्रा कुखुरा पाल्नेसँगै दिनभरि स्यालपाेखरीकाे त्यहि छाप्राेमा खाजा बनाउने हरिकला घर्तीकाे दिनचर्या  जारी छ । तर नजानिदाे तरिकाले उनले सन्चालन गरेकाे सुनिल खाजा घर सबैकाे आकर्षणकाे केन्द्र बन्दैछ ।


    सुनिल खाजा घरमा चाउमीन, म:म, पकौडा र अर्डर अनुसार मासुका परिकार पनि बन्छन तर उक्त खाजा घरमा बन्ने म:म काे स्वाद भने सबैको जीब्रोमै झुन्डिएको छ भन्दा फरक पर्दैन । पछिल्लो चरणमा थाेर्गाकाे स्यालपोखरी आउने जाे काेहि पनि सुनिल खाजा घरकाे म:म नखाइ फर्किदैन ।


    उक्त खाजा घरमा बन्ने म:मकाे चर्चा यस आसपासका बजारमा पनि उत्तिकै छ । रिडी, बलेटक्सार र तम्घास लगायतका बजारहरुबाट सुनिल खाजा घरकाे म:म खान आउनेकाे लर्काे नै हुन्छ । 


    अत्यन्तै मिठाे स्वादकाे म:म हरिकलाका छाेरा अनिलकाे हातबाट बन्छ । कुखुराकाे मासुबाट बन्ने म:मकाे भुल्नै नसकिने स्वाद अनिलले बनाउँछन । 


    "खाेइ के जादु छ ? एक फेर यहाँकाे म:म खाएपछि मान्छे आकर्षित भइहाल्छन र फर्कि फर्कि म:म खान यहि पसलमा आउँछन" रुरु ३ का यज्ञमुर्ति ज्ञवाली भन्छन ।


    अनिल भन्छन् - "बाहिरबाट आउनेले अर्डर गरेर आउँछन । म:म खान आएपछि मात्र पकाएर दिने गरेकाे छु । मेराे पसलकाे म:म ताजा हुन्छ, सबैले मिठाे छ भन्दा खुसी लाग्छ ।"


    यतिबेला हरिकला घर्ति खुसी छन्, यहि पसल शुरु गरेपछि छाेरा छाेरीका घरजम भएकाे छ । हरेक अप्ठ्याराेमा छाेराछाेरीले सघाउँछन । अझै छाेराे अनिलले पकाउने ममकाे चर्चा चलेर खाजा घरमा म:मका पारखी आउँदा हरिकलाले आफ्ना सँघर्षका दिनहरु सम्झेर कुनातिर फर्केर दुई थाेपा आँशु झार्छिन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।