काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलवार दिउसो बस्दैछ । जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ । यो विधेयक सोमवार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलवार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो ।
सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ । यसका अलावा प्रतिनिधि सभामा मंगलवार निकासी पैठारी नियमन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभाले अनुमति दिएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले विधेयक प्रस्तुत गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology