Logo

२०८३, आश्विन ३गते


images
images

विधेयक

पाँच वटा विधेयक प्रमाणिकरणका लागि बाटो खुल्यो

पाँच वटा विधेयक प्रमाणिकरणका लागि बाटो खुल्यो

images
  • पाँच वटा विधेयक प्रमाणिकरणका लागि बाटो खुल्यो
    images
    images

    काठमाडौं । सरकारले संसदमा प्रश्तुत गरेको पाँच वटा प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरणका लागि बाटो खुलेको छ । सोमवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले उक्त पाँच वटा प्रतिस्थापन विधेयक टेबुल गरेसँगै राष्ट्रपतिबाट प्रमाणिकरणका लागि बाटो खुलेको हो । 

    images
    images
    images

    सचिव राईले प्रतिनिधि सभामा उत्पति भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ तथा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि समबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक , २०८१ माथि राष्ट्रिय सभाको सन्देशसहित प्राप्त सूचना जानकारी गराएका थिए । 

    images
    images
    images

    उक्त विधेयकहरु संसदका दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने आज अन्तिम समय सीमा थियो । सरकारले उक्त प्रतिस्थापन विधेयक राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नेछन् । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त विधेयकले कानूनको मान्यत प्राप्त गर्नेछ ।

    images
    images
    images

    केही दिनदेखि विपक्षीहरुले गरेको संसद अवरुद्धका कारण विधेयक पारित हुनेमा संशय पैदा भएको थियो । विपक्षीहरुको माग बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको दुवै सदनमा सम्बोधन गरेसँगै सोमवार संसद सुचारु भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।