Logo

२०८३, आश्विन ३गते


images
images

गृहमन्त्री लेखकको आग्रह- प्रहरी विधेयक असार महिनाभित्रै संसदमा पेश गरौँ

गृहमन्त्री लेखकको आग्रह- प्रहरी विधेयक असार महिनाभित्रै संसदमा पेश गरौँ

images
  • गृहमन्त्री लेखकको आग्रह- प्रहरी विधेयक असार महिनाभित्रै संसदमा पेश गरौँ
    images
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

    images
    images
    images

    बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भने- समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं । ७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।'

    images
    images
    images

    उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समिति समक्ष्य आग्रह गरे । उनले भने- 'गृह अन्तर्गतका अरु पनि विधयेकहरु पाइपलाइनमा छन् । यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।