Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग : प्लेअफमा सिटीविरुद्ध रियलको रोमाञ्चक जित

च्याम्पियन्स लिग : प्लेअफमा सिटीविरुद्ध रियलको रोमाञ्चक जित

images
  • च्याम्पियन्स लिग : प्लेअफमा सिटीविरुद्ध रियलको रोमाञ्चक जित
    images
    images

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ‌ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो ।

    images
    images
    images

    रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले हार टार्न सकेन ।

    images
    images
    images


    १९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी १-० ले अगाडि रह्यो ।

    images
    images
    images

    ६०औं मिनेमा एमबापेले गोल गर्दै खेल बराबरीमा ल्याए । ८०औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुन: अगाडि आयो ।

    तर त्यसपछि रियलले फेरि आफ्नो कमब्याक कलालाई प्रमाणित गर्यो । ८६औं मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए भने इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३-२ ले विजयी भयो ।

    दुई टोलीबीचको दोस्रो लेग रियलको मैदानमा अर्को साता हुनेछ । उक्त खेलमा सिटीले २ गोल वा त्योभन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ ।

    गएराति नै भएको अर्को खेलमा पिएसजीले ब्रेस्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले हराउँदा युभेन्टसले पिएसभीलाई २-१ ले हरायो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।